Vetiver Eco-engineering Technology (VET) को प्रयोग

प्राकृतिक स्रोत क्षय/ह्रास न्यूनीकरण, वातावरण स्थिरिकरण र उत्पादकत्व वृद्धि, जलवायु परिवर्तन तथा जल उत्पादन प्रकोप जोखिम प्रभाव न्यूनीकरण,एकीकृत नदी प्रणाली स्रोत व्यवस्थापन पूर्वधार, जलाधार क्षेत्रका भू-स्खलन ग्रस्त क्षेत्र स्थिरिकरण, नदी कटान तथा डुवानबाट हुने क्षति न्यूनीकरण, वन क्षेत्र बाहिर वन विकास आदि सहित फोहोरको उचित ब्यबस्थापन ।

परिचय :

भेटिभर घाँसको परिचय:

भेटिभर अङ्ग्रेजी नाम हो । संस्कृतमा यसलाई उसिरा भनिन्छ भने हिन्दीमा खस , खस र कसै कसैले खुस , खुस भन्दछन् । यो धान, गहुँ जस्तै: Poaceae/Gramineae परिवार भित्र पर्दछ । यो घाँस प्रजातिको बिरुवा हो । यसको वैज्ञानिक नाम: Vetiveria zizanioides – L. Nash र पुन: वर्गीकरण गरी यसलाई Chrysopogon zizanioides- L. Roberty) भनिन्छ । यो मोनोकोटीलेडन( भित्री गुदी एक फब्ल्याटो मात्रै हुने ) वर्गमा पर्दछ । यो संसारको Tropical and Subtropical क्षेत्रमा हुन्छ । यसको सार्ने भागलाई स्लिप भनिन्छ । यो घाँसको बिरुवा डाँठ र टिस्यु कल्चर गरी पनि उत्पादन गर्न सकिन्छ । तर जरा सहितको स्लिप सार्न सजिलो हुन्छ । यसमा यो एक बहु बर्से घाँस जातको वनस्पति हो । यसले उर्वर बीउ उत्पादन गर्न सक्दैन अर्थात् बाँझो छ । यो झार जस्तो आफै फैलँदैन । यो गुच्छादार बिरुवा हो । भारतमा पहिलेदेखि नै यसको प्रयोग गरेको पाइन्छ । यो झारको रूपमा नफैलने अदिप्तीय र अद्भुत घाँस हो । यसको जरा वरपरको क्षेत्रमा फाइदाजनक सूक्ष्म जीवहरूको प्रक्रियाहरूलाई चलायमान बनाउनुको साथै उत्तेजित गराउँछ । यसको डाँठ सामान्यतया १.५ मिटर देखि २.५ मिटर सम्म हुन सक्दछन् । नेपालको सन्दर्भमा यस संस्थाले समुन्द्री सतह दुई हजार मिटर माथिलाई यो घाँस सिफारिस गर्दैन त्यहाँ अन्य स्थानीय प्रजातिहरु सिफारिस गर्दछ ।

भेटिभर घाँस बिरुवा प्रकाश संश्लेषण(photosynthesis) का आधारमा सी४ ( C4) बिरुवा हो । अर्को विषय भनेको भेटिभर पातले खाना बनाउने बेलामा अक्सिजनको कमी नहोस् भन्न खातिर बिरुवाको संरचनामा यसको जरा जमिन मुनि गहिरो जाने काम गर्दछ । जलीय बिरुवाहरूको पातहरू जस्तै भेटिभर घाँसका पातहरू वायु मिश्रण / वायु सञ्चारणमा प्रस्ट सम्मिलित हुन्छन् (थम्मथावर्न एस र ख्नेमा पी , २०१९ ) । यो घाँस बिरुवा सीमित पानी प्राप्त भए पनि हुर्कन सक्ने र पानी बढी भए पनि हुर्कने वर्गीकरणमा पर्दछ त्यसैले यो सुक्खा याम र बाढीमा सजिलै यसको वृद्धि हुन्छ । यो बिरुवामा बलियो, गहिरो प्रवेश गर्ने, छिटो बढ्दो जरा प्रणाली छ । यसको जराहरू र बिरुवा बलियो परिस्थितिकै अनुकूलन क्षमता छ । यसले शीत, गर्मी, चरम अम्लीयता, क्षारीयता र धातु विषाक्तताहरूको लागि अत्यधिक सहनशील छ । यी नै विशेषताहरूका कारणहरूले भेटिभर घाँस उद्योगहरूबाट निस्कने दूषित र प्रदूषित फोहोर पानी र घरेलु दूषित र विषाक्त फोहोर झोलको उपचारको लागि अत्यधिक उपयुक्त हुन्छ (चौधरी एम, एस र सरवर, जी , २०१४ ) । यसको थोरै अनुसन्धान गर्दै छोड्दै गरेको सन् १९९० को दशक अघि देखिनै नेपालमा देखिन्छ ! मुलत कोशी क्षेत्र बर्दिया क्षेत्रमा अध्ययन र अनुसन्धान बढाउने हो भने धेरै अघि देखि नै यस क्षेत्रमा भेटिभर रहेको देखिन्छ ।

Vetiver Eco-engineering Technology ( VET) वा भेटिभर प्रणाली के हो?

भेटिभर प्रणाली (Vetiver System वा Vetiver Grass Technology ) मुख्य रूपमा भेटिभर घाँस प्रविधि भनेर जानिन्छ । यसमा भेटिभर घाँसको प्रयोग हुन्छ । यो माटो र पानीको संरक्षणका लागि प्रत्यक्ष रूपले भेटिभर बिरुवा प्रयोग गर्ने कम लागतको, वातावरण मैत्री र सामान्य – सरल प्रविधि हो ।

यस बिरुवाको असाधारण रासायनिक र भौतिक विशेषताहरूको प्रयोग गर्दै रचनात्मक रेखाङ्कन प्रयोग हुने ठाउँको जलवायु र माटो अवस्था अनुसार प्रयोग गरिन्छ । जसभित्र खेती, माटो र पानी संरक्षण, भिरालो स्थिर करण, पूर्वाधारको सुदृढीकरण, जमिन र पानीबाट विषाक्त तत्त्वहरू हटाउनुको साथै कार्बन उत्सर्जन आदि जस्ता विविध क्षेत्रहरूमा सजिलै प्रयोग गर्न सकिन्छ । यो घाँस बिरुवासँग भएका चारित्रिक विशेषताहरू चरम खडेरी र पानी जमेको अवस्थामा र धेरै अम्लीय देखि नुनिलो अवस्था सम्मको माटोमा यो बिरुवा बढ्न सक्षम छ । हाम्रा आवश्यकता यस बिरुवाले पुरा गर्छ र महत्त्वपूर्ण लाभहरू दिन सक्दछ । यो घाँस बिरुवा सही ढङ्गले योजना बनाएर लगाउँदा सतही माटोको भू – क्षयको लागि अद्भुत छ भने खोलो , नदी बाढी पसेर बगर बनाएको जग्गा जमिनलाई खेती योग्य बनाउने क्षमता राख्दछ । अर्कोतिर यसले क्याडेमियम जस्ता विषालु पदार्थलाई सजिलै शोषण गर्न क्षमता अलौकिक छ ।

भेटिभर पद्धतिको प्रयोग सहितको बायो इन्जिनियरिंगमा तिन दृष्टिकोण राखेर भेटिभर घाँस रोप्ने कार्य गर्दा राम्रो परिणाम दिन्छ । यहाँ विचारणीय विषय भनेको जराहरू र माटोको soil–root interactions मिलाउने कार्य गर्नु पर्दछ( डुपे र साथीहरू, २००५ ; मेकोव्सकीर साथीहरू,२००५; नोरिस, २००५ र हम्जा , २००७ )। यसमा भेटिभर घाँसका अस्तव्यस्त पङ्क्तिहरूले समग्र भिरालोपनको सतही माटो बहावमा स्थिरतामा सुधार ल्याउनेछ, किनकि यो घाँसले माटोको तल तिर बग्ने प्रक्रियालाई रोक्ने छ । यसमा माटो सुदृढीकरण, जराहरूको tensile force in a root segment र shear bearing का विषयहरू पानीको बहाव ( रन अफ ) सँग प्राविधिक रूपले विचारणीय हुन जान्छ ।

भेटीभरको जराहरू :

धेरैजसो घाँसहरूको विपरीत, जसमा कम वा कम सतहमा जरा राख्ने बानी हुन्छ । भेटीभरको धेरै बाक्लो जरा प्रणालीमा ४ मिटर वा सो भन्दा बढी तलसम्म बढ्ने बलियो प्रवृत्ति छ । यसमा प्रभावकारी रूपको बिरुवाको गाँज रहनाले माटो बाँध्ने कार्य गर्दछ । घना भरिएको, कडा न कडा घाँसका गाँजहरूले बग्ने पानीको गतिलाई तोड्दछ अनि पानीलाई समान रूपमा विभाजित गर्दछ वा फैलाउँछ । एकोहोरो बग्ने पानीको गति रोक्दै आफै पानीले बनाउने कुलो , कुलेसो बन्ने रोक्दै गल्ली बन्ने भू क्षय र सतही माटो , बालुवा र भग्नावशेष आदिको बहाव रोक्दछ ।

Vetiver Eco-engineering Technology

अध्ययन र अनुसन्धानका विषयहरू खोतल्दै जाँदा भेटीभरका जराहरू बारे रोचक र रोमाञ्चक तथ्यहरू धेरै अनौठो देखिन्छन् । यो बिरुवा फरक , फरक तरिकाले हाम्रा आवश्यकता परिपूर्ति गर्न बहु-कार्यमा प्रयोग गरी विभिन्न परिणामहरू प्राप्त गर्न सकिन्छ जबकि अन्य बिरुवाहरू बाट सकिँदैन । जराको महत्त्वपूर्ण विषय बारे पाउल ट्रुङ, ( २०२१ ) लेख्दछन्; भेटीभरको जरा संरचनाले यसलाई १/ ६ हल्का स्टिल सरहको शक्ति / बल दिन्छ जुन रूखहरू भन्दा बलियो हुन्छ ।
यसैलाई लिँदा यसको जराहरूको माटो भिरालो स्थिर करण जरा सुदृढीकरण क्षमता उदेक लाग्दो अध्ययनहरूमा देखिएको छ ।

मलेसियाका इन्जिनियरिङ विषयका प्रोफेसरहरू एम एन नूरसायकिन र एम जैनाब लेख्दछन्, भेटिभर घाँस ७५ एमपीएको ०.७ देखि ०.८ मिमी जरा व्यासमा चुँडिने/ तन्किने शक्ति(tensile strength) धेरै बलियो छ जुन हल्का स्टिलको लगभग १ /६ बल हो । त्यसैले अन्य घाँस परिवारका जराहरू भन्दा र धेरै कडा काठका प्रजातिहरू भन्दा पनि बलियो छन् । जुन ठाडो भिरालो जमिनहरूमा जरा सुदृढीकरणको लागि सकारात्मक साबित भएको छ । यी विषयहरूमा, यो उत्कृष्ट ठहरिएको अनुसन्धान देखि प्रयोग र अभ्यासका क्रममा देखिएको छ ।

“यहाँ चुँडिने / तन्किने शक्ति बुझ्नु पर्ने हुन्छ, चुँडिने / तन्किने शक्तिलाई (Tensile Strength) अधिकतम तनावको रूपमा परिभाषित गर्न सकिन्छ । जुन सामग्रीलाई तन्काउन वा तान्न अनुमति दिइँदा भाँच्नु अघिको समय सम्म सहन सक्छ (ह्यान्डबुक अफ फ्लाई ऐश, २०२२)”

भेटीभरको जराहरूमा भएको जटिल रासायनिक पदार्थहरूको कारणले( complex chemicals that are able, with some help from symbiotic arbuscular mycorrhiza) अन्य बोटहरूले नसक्ने विषाक्त रसायनहरू र धातुहरूलाई प्रशोधन गर्न र अव शोषित गर्न सक्षम हुन्छन् । त्यसैले फोहोरको विषाक्त झोल पदार्थ उपचारमा ल्यान्ड फिल्ड साइटमा बायो इन्जिनियरिङ प्रविधिमा भेटिभर पद्धति प्रयोग गरिन्छ । यसको जरा कोशिकाहरू परिवर्तन हुन्छन् र विभिन्न परिस्थितिहरूमा अनुकूल हुन्छन् । भेटीभरका जराहरूले रासायनिक पदार्थ फेरोमोन्स सिर्जना गर्दछन् यसले गर्दा मकै , जुनेलोमा लाग्ने स्टिम बोरर कीरालाई आफ्नो अण्डा भेटिभर पातहरूमा पार्न आकर्षित गर्दछ । त्यसैले किराहरू आकर्षित गर्न ट्र्याप बालीका रूपमा प्रयोग गरिन्छ ।

भेटीभरको जराहरूले सिसा, जस्ता, आर्सेनिक, र क्याडमियम जस्ता भारी धातुहरूको बायो रिमेडिएटरको रूपमा पनि कार्य गर्दछ (चिउँ, एट अल; २००६; दत्ता, क्विसो र सरकार, २०११ )।

भेटीभरले २२५ एमजी/केजी आर्सेनिक, ३०० एमजी /केजी जिङ्क, १२५ एमजी /केजी तामा र ३६१ एमजी /केजी लिड ( चिउँ, इट अल; २००६ ; दत्ता, इट अल., २०११) सम्म सामना गर्न सक्छ ।

भेटिभर घाँसको आकृति विज्ञान र शारीरिक विशेषताहरूले गर्दा यसले जीविकोपार्जनका साधनहरू सहित विभिन्न तरिकाहरूमा उपयोग गर्नको लागि एक अद्वितीय बायो इन्जिनियरिङ उपकरण दिएको छ भनेर प्रोफेसर एबि बर्मा ( २०१९ ) लेख्दछन् ।

भेटीभरले एमिनो एसिड मेटाबोलिज्ममा टेट्रासाइक्लिनलाई अव शोषित गर्ने कार्य गर्न सक्दछ । टेट्रासाइक्लिन भनेको एक यान्टिबायोटिक हो जुन सामान्यतया मानिसमा ब्याक्टेरिया सङ्क्रमणको लागि प्रयोग गरिन्छ । यो यान्टिबायोटिक अत्यधिक खपतको कारण; यो सतहको पानी, भूमिगत पानी र माटोमा वातावरणको धेरै भागहरूमा पाइन्छ (सेन गुप्ता, एट अल, २०१६) ।

भेटीभरको जरामा धमिराहरू भगाउने विकर्षण विषाक्तता पाइन्छ ( निक्स ई करेन र हेन्डरसन ग्रेग, २००६ ) । जराबाट निकालिएको तेल , किर्ना ,कमिला र साङ्ला धपाउन उपयोगी मानिन्छ ( हेन्डरसन इट अल , २००५ )।

अल्कालोइड “भेटिभेरिन” को संरचना भेटिभर जरामा फेला पर्‍यो, यसको रस एन्टी-माइक्रोबियल गतिविधिमा उपयोगी भएकाले दाँत सहित अन्य क्लिनिकल विषयहरूमा एजेन्टको रूपमा प्रयोग गर्न सकिन्छ भनेर के. नान्ताचित, एस. खोङ्खुन्थियान( २०१२ ) मा लेख्दछन् ।

Vetiver Characteristics – Shoots:-

STRONG, STIFF & THICK SHOOTS

  • Perennial tufted grass
  • Create dense hedges when planted close together
  • Dissipate wind and water energy
  • Slow down water flow
  • Withstand high velocity flows of 5m/sec
  • Control and spreads water runoff
  • Trap sediments
  • Increases water infiltration and retention
  • Recharge groundwater
  • Flower but does not produce seeds, which Means it is sterile=NO WEED POTENTIAL= NON-INVASIVE
  • Can grow up to 3 metres tall

Vetiver Characteristics – Stems:-

  • Erect stems up to 3m tall
  • Forming a thick hedge
  • Even at this young age the stem is strong enough to trap large size gravel
  • Strong flash flood flattened the native grass but not Vetiveron this waterway

Vetiver Characteristics – Roots:-
(STRONG, DENSE, DEEP & PENTRATING ROOTS)

  • Tensile strength 1/6th of mild steel = 75Mpa
  • Improve soil sheer strength by 45%
  • Grow vertically, reaching depths of 5+ meters
  • Interlocking and dense root matrix create vast, dense and strong underground “walls”, reinforcing soil conditions
  • Uptake nutrients and moisture from deeper soil depths = drought resistant
  • Can develop new roots from nodes when buried
  • Increases soil microbial activity, breaking down and absorbing and tolerating heavy metal toxicities, herbicides, pesticides and excess nutrients – allowing for rehabilitation and revegetation of soil
  • Remediate contaminated wastewater
  • Fine root structure – does not interfere with the integrity of infrastructure

Vetiver Characteristics – Resilience

  • Thrives in a variety of soils: sandy, saline, water logged, highly contaminated, extreme acidic and alkaline (pH 3.3 – 12.5)
  •  Withstands prolonged periods of flooding and drought
  • Crown adjusts itself to ensure it will not be buried alive
  • Survives ground surface temperatures of -15ºC and air temperatures of 55ºC
  • Disease and pest resistant
  • Crown grows below the surface, to protect itself from fire, grazing and trampling

Some Unique Attributes of Vetiver Grass:-
(Vetiver Shoots)

Vetiver has an unusual leaf and shoot architecture. Unlike most of other grasses, Vetiver has a V shaped leaf with a prominent mid rib, which can control the opening or closing of the leaf blades. Under moist or wet conditions, the leaves open up, resulting in higher transpiration rate. But under dry conditions, the leaves close up resulting in lower transpiration rate to conserve moisture.

Vetiver Growth and Biomass:-

As a result of the unique photosynthetic ability mentioned above, Vetiver can under good management produce massive biomass, 100t/ha under field conditions and 130t/ha under experimental conditions

Hydraulic characteristics:-

Thick hedges with their stiff stems can stand up to > 0.6- 0.8m, forming living barrier, slows and spreading runoff water. Hedges act as very effective diversion structures spreading and diverting runoff water safely to stable areas or proper drains. Hedges successfully reduced flood velocity, limiting soil movement. Very little erosion in fallow strips, a young sorghum crop was completely protected from flood damage (Dalton et al , 1996.

जरा औषधि बनाउन प्रयोग गरिन्छ।

  • मानिसहरू स्नायु र रक्तसंचार समस्या र पेट दुखाइ को लागी भेटिभर प्रयोग गरेको ट्रीव( मानिसहरूको समूह / झुन्ड हुँदा देखिनै ) देखिन्छ । सन्थाल समूहमा यो प्रयोग गरेको देखिन्छ । त्यस्तै महिलाहरूले आफ्नो महिनावारी सुरु गर्न वा गर्भपतन गराउन भेटिभर प्रयोग गरेको देखिन्छ ।
  • राम , सिता र लक्ष्मण यमुना नदी तर्न ढुङ्गामा भित्र बस्न सुविधाको लागी भेटीभरको जराहरू प्रयोग गरेको देखिन्छ अर्थात् लचक दार बनाएको अध्ययनका क्रममा भेटिन्छ ।
  • भेटिभर तनाव कम गर्न साथै भावनात्मक आघात र आघात, जुम्रा, र कीराहरू भगाउनको लागि सीधा छालामा प्रयोग गरेको देखिन्छ । यो गठिया, डङ्क, र जलेको लागि पनि प्रयोग भारतमा समुदायले गरेको देखिन्छ । भेटिभर कहिलेकाहीँ घबराहट, अनिद्रा, र जोर्नी र मांसपेशी दुखाइको लागि अरोमाथेरापीको रूपमा प्रयोग गरेको देखिन्छ भने भेटिभर अल्कोहल पेय पदार्थहरूमा स्वादको रूपमा प्रयोग गरिन्छ ।
  • विश्व मै भेटीभरका जराहरू अत्तरको लागि उत्कृष्ट मानिन्छ यसमा यसको झोल पदार्थ प्रयोग हुन्छ । जस्तै सुगन्धित उत्पादनहरू: क्रिम, अत्तर, दुर्गन्ध हटाउने साबुन, सौन्दर्य प्रसाधन आदि सामग्री तयार गर्न प्रयोग गरिन्छ। (चोम्चालो, २००१) ।
  • माटो भित्रका सूक्ष्म जीवहरूलाई चलायमान बनाउन उत्प्रेरणा गर्ने वातावरण भेटीभरका जराहरूले गर्दछन् । जसले गर्दा माटोमा रहेको नाइट्रोजन आदि जस्ता ज्यादा प्रयोगले बिग्रिएको माटो अर्ग्यानिक बनाउने कार्य गर्दछ ।
Vetiver Grass used  for making medicine

Properties – climate and soil:

Vetiver grass is extremely tolerant to climatic variations such as prolonged drought or flood submergence with temperature levels ranging from -14oC to +55oC. Vetiver grass has been found to thrive under rainfall ranging from 300mm to 6000mm per annum. Vetiver grass has the adaptability and tolerance to a wide range of soil pH ranging from 3.3 to 12.5. The grass is also highly efficient in absorbing dissolved nutrients and heavy metals in polluted water and also tolerant to Al, Mn and heavy metals such as As, Cd, Cr, Ni, Pb, Hg, Se and Zn in the soils. The root system of Vetiver grass has great strength between 40 and 180 MPA with a range of the root diameter between 0.2mm and 2.2 mm. Vetiver grass has great abilities for erosion control in drainage situations of channels in sugarcane paddocks where acid sulphate soils can be a major problem to the environment. Vetiver grass is highly effective at controlling acidic soils and balancing pH levels.

Vetiver grass does not produce above ground runners, but has a strong and massive root system which is very fast growing and descends to a depth of 2 to 3 meters within the first year. Because the root system is focused below the soil it can reach up to 5 meters in tropical conditions. The depth of the root structure provides the plant with great tolerance to drought. Vetiver grass can penetrate through compacted soil layers which creates efficient infiltration to the soil moisture. The above ground shoots can grow up to 2 meters high when planted close together. These form a solid vegetative barrier that returns water flow which filters trapped sediment and run-off water. Vetiver growth occurs from the crowns which grow and rise relative to the sediment soil build up. It is also resistant to pest, diseases, fire and heavy grazing.

Ecological Usage:

Contour hedges can be established to combat land erosion on vertical slopes and to stabilise road banks. Contour banks intercept runoff before it concentrates and starts to cause erosion, then safely channels it into stable grass waterways which re-establishes sustainability of farming and agriculture on steep slopes, riverbanks and water courses.

The planting of Vetiver grass barriers along riverbanks and coastal plains is cost effective. Its fast growing nature quickly assists in preventing water erosion problemson riverbanks and coastal plain areas.

Vetiver grasss is drought resistant and also contains adequate amounts of nutrients for livestock requirements and has a capacity to support production

Although Vetiver is very tolerant as a typical tropical grass, it is intolerant to shading. Shading will reduce its growth and therefore Vetiver grows best in an open environment.

भेटिभरको ऐतिहासिक भूगोल:-
नेपाल:-

संसारमा केही , केही वनस्पति र जनावरहरू अचम्मित पार्ने , अद्भुत र सानदार छन् जुन सजिलै अनुकूलन हुन्छन् , यो भेटिभर घाँस त्यही घाँस बिरुवा हो ।

हामीले घाँस भन्नासाथ यसो घर वरिपरि चौरमा लगाउने, गाई बस्तुलाई खुवाउने सोच्दछौ । बिलकुल फरक, विभिन्न विशेषता बोकेको भेटिभर धेरै भिन्न छ ।
नेपाल : विकासोन्मुख राष्ट्रहरूको लागि; भू क्षय सबैभन्दा पुरानो रोग हो
यसले पर्यावरणीय समस्या, जनजीविका र आर्थिक भार हाम्रो मुलुकमा निम्त्याएको छ । यसको प्रस्ट उदाहरण हाम्रो पहाडबाट तराईमा बसाई – सराइ हो । पहाडमा जाने पहिरो , खोलानाला बाढी, खेत कटान आदि प्राकृतिक विपत्तिहरू धान्न सकेनौ भने बेला , बेलामा जाने भूकम्प हाम्रा लागि अभिशाप नै भयो ।

समृद्धिको जराहरू भूमि पुनर्स्थापनाको अर्थशास्त्र र वित्त:-

विश्व बैङ्कका कृषि विज्ञहरू जोन ग्रीनफिल्ड सँगै रिचर्ड जी ग्रिमशाका अनुसन्धानले भित्र्याएको भेटिभर घाँसको नवीनतम पद्धति नेपाल नभित्रिने कुरो नै भएन । केही लेख अध्ययन गर्दा भेटिभर घाँस कोसी टप्पु क्षेत्र र बाँके क्षेत्रमा पाइएको लेखेको भेटिन्छ ।


भेटिभर घाँस नेपालको तराई क्षेत्रमा परापूर्व कालदेखि टोकरी, सिमी आदि बनाउन परम्परागत रूपमा प्रयोग हुँदै आएको छ। पछिल्लो समय ग्रामीण क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरूले विशेष गरी ग्रामीण महिलाहरूको आयआर्जनको विकल्पका रूपमा भेटिभर घाँसको उत्पादनलाई प्रवर्द्धन गरेका छन् ।

बिगत तिन बर्ष देखि बिभिन्न ठाँउहरुमा जस्तै : फास्ट ट्रयाक, पोखरा अन्तरास्ट्रिय एयर पोर्ट , नगरकोट, सोलुमा रहेका हाइड्रो पावरहरुमा, बुढी गङ्गा नगरपालिका, बाजुरा आदि ठाँउहरुमा सडक कटिंग र फिलिंग, पहिरो नियन्त्रण , नदि किनारा नियन्त्रणमा यो संस्था काम गर्दै आइरहेको छ जसमा राम्रो आउट पुट र परिणाम प्राप्त गरेको छ ।

फिजी :
अन्तर्राष्ट्रिय कोटा अन्तर्गत फिजी सरकारले चिनी उत्पादनको जिम्मा सन् १९५० मा लियो । फिजीको पहाडी क्षेत्रमा उखु लगाउनु पर्ने तर त्यहाँ ठुलो भू क्षयको समस्या थियो । पहाडको त्यो भिरालोमा इन्जिनियरिङका सबै तरिकाहरू फेल खाई सकेपछि, बायो इन्जिनियरिङको तारिकमा आइपुगे ( विश्व बैङ्क, १९९५ )। यही समयमा फिजीमा, सन् १९५६ मा कृषि विज्ञ जोन ग्रीनफिल्डलाई उनले काम गर्ने कम्पनीले एउटा समस्या सुम्पियो: फिजीका पहाडहरूमा उखु खेती गर्ने । सबै समतल जग्गा पूर्ण रूपमा प्रयोग भएपछि उनलाई कम्पनीले भिरालो भूमिमा उखु उत्पादन विस्तार गर्ने कार्य लगायो ।

यो पेशि फिक आइसल्यान्ड मुलुकको भिरालो जमिनमा दुई समस्या उखु खेतीमा देखा पर्‍यो । पहिलो, उखुको लागि यी पहाडमा धेरै सुक्खा माटो र दोस्रो भिरालो भएकाले माटोको क्षयीकरण अर्थात् सतही बगुवा माटो । सबैको सोच थियो यो भिरालोमा त्यहाँ उखु खेती गर्न सकिँदैन तर ग्रीनफिल्ड हताश नबनी अनेक विधिहरू त्यहाँ प्रयोग गर्न थाले । नजिकैको राजमार्गको छेउमा बढ्दै गरेको भेटिभर बिरुवाहरू नियाले । आफ्ना कामदारहरूलाई भेटिभर घाँसका स्लिपहरू कान्टुर बनाएर हेजेजमा उखु सँग सँगै रोप्न लगाए । यसले उनको माटो बग्ने र माटोमा पानीको मात्रा सञ्चिति गरी उखुले प्रयोग गर्‍यो र राम्रो उत्पादन दियो ।

यसरी भेटिभर पद्धतिको महत्त्वपूर्णता वा उपयोगिता बाहिर आयो ।काम कै सिलसिलामा पछि जोन ग्रीनफिल्ड भारत आएपछि त्यहाँ मैसुरमा पनि प्रयोग भइरहेको भेटिभर पद्धतिमा काम गरे ( बोर्ड अफ साइन्स एन्ड टेक्नोलोजी र राष्ट्रिय अनुसन्धान परिषद् , १९९३ )। यसरी भेटिभर घाँसको विस्तृतता बारे बाहिर संसारमा ल्याउने कार्य विश्व बैङ्कका कृषि विज्ञहरू जोन ग्रीनफिल्ड सँगै रिचर्ड जी ग्रिमशा गरे । यसरी यी दुई विज्ञहरूको अनुसन्धान र अभ्यासले भेटिभर भनिने घाँसले संसारको ट्रपिकल र सब ट्रपिकल क्षेत्रमा भू क्षय रोक्न सक्छ । यसले लाखौँ किसानहरू, जग्गाधनीहरू,राजनीतिज्ञहरू र प्रशासकहरूको समस्याको समाधान दिन्छ (भियतमेयर, नोएल डी, १९९३ ) ।

अहिलेको अवस्थामा विश्वका एक सय माथि मुलुकहरूमा भेटिभर घाँस पद्धति प्रयोग गरिन्छ । यो हाल जलवायु सङ्कटको अवस्थामा फैलँदै गएको छ ।

भारत :
परापूर्व कालदेखि भारतमा दुई प्रजातिहरु भेटिभरका V. zizanioides र V. Lawsonni रामानुजम र कुमार ( सन् १९६४ ) मै प्रकृतिमा पाइन्छ लेख्दछन । यो बिरुवा सुगन्धित तेलको लागि र पुरातन कालदेखि नै परम्परागत औषधिको रूपमा प्रयोगमा आएको मानिन्छ । चरक, वाग्भदानन्द जस्ता पुराना आयुर्वेदिक ग्रंथहरूमा यसको बहुविध औषधीय प्रयोगहरू देखिन्छन (मसूद, १९५८ )। केही अनुसन्धानका पेपरहरुमा सान्थाल समुहहरुले परापुर्वकाल देखि भेटिभर पाठे घरको उपचारमा प्रयोग गर्ने गरेको उल्लेखित देखिन्छ ।

यसलाई कन्नौजका राजाले शाही वस्तुको रूपमा “खुस तेल” प्रयोग गर्थें भनेर सूचीबद्ध गरिएको छ, यो बिषय ११०३ र ११७४ ईस्वीका ताम्र पत्रमा भेटिएको छ ( शुक्ला, १९५७ )। तमिल शब्द भेटि भर्न (vetivern) बाट भेटिभर भन्ने शब्द नै तमिल नाडुबाट १९ सौ सताब्दिको लगभग १८५८ तिर अंग्रेजीमा गएको हो । यो सबैको संकेतले भारतीयहरूले भेटिभरलाई यसको सुगन्धित र औषधीय प्रयोगको लागि पहिचान गरेका थिए । यसको जर्म प्लाज्म नेपालमा छ , छैन खोजिएको वा अनुसन्धान गरिएको छैन तर यस क्षेत्रमा पाउने सम्भावना नकार्न सकिँदैन । रामानुजम र कुमार (१९६४ ) मै लेख्दछन भारत जस्तै अन्य प्रजाति अस्ट्रेलिया र अफ्रिकी मुलुकहरूमा पनि पाइन्छन ।

यसको फैलावट हेर्न परिस्थितिक/भौगोलिक अनुकूलन, मोर्फोमेट्रिक विशेषताहरू, प्रजनन व्यवहार र आवश्यक संरचनाको सन्दर्भमा आनुवंशिक विविधताको उच्च क्रम भारतीय उपमहाद्वीपमा पाइन्छ भनेर लाल र साथीहरु सन् १९९७ मा लेख्दछन ।

जब, भेटिभर घाँसको माटो जोगाउन र पानी सम्रक्क्षण साथै पानीको बहाव रोक्न फिजीमा प्रयोग गरिसकेका कृषि विज्ञ जोन ग्रीनफिल्ड विश्व बैङ्कको कर्मचारी भएर भारत आए भेटिभर घाँस यहाँ कृषि बारको रूपमा र औषधीय रूपमा प्रयोग गरिराखेको देखेर दङ्ग दाश परे । त्यहाँबाट यो घाँसको अझ बढी फैलाउने प्रयास गरे (भेटिभर ग्रास: ए थिन ग्रिन लाइन विरुद्ध भू क्षय, १९९३ ) ।

भारतीय विज्ञहरूले धेरै अगाडी देखि भेटिभर घाँसमा अनुसन्धान गर्दै आएको देखिन्छ भने विभिन्न विज्ञहरूले भेटीभरमा अन्तर्राष्ट्रिय सम्मेलन ( सन् १९९६ ICVs)मा विभिन्न अनुसन्धानका पेपरहरू प्रस्तुत गरेका छन्

अहिले भारतमा भेटिभर घाँसको माटो र पानी सम्रक्क्षण, नदी किनारा नियन्त्रण, हाइवे सम्रक्क्षण , कृषि–बन आदि विभिन्न क्षेत्रमा व्यापक प्रयोग गरेको देखिन्छ ।

थाइल्याण्ड :
राजा भुमि बलले विश्व बैङ्कको श्वेतपत्र ‘भेटिभर ग्रास: भू क्षय विरुद्ध द हेज’ बारे प्रस्टता भै भेटिभर घाँसले माटोको क्षय रोक्न मद्दत गर्न सक्छ भन्ने सोची थाइल्याण्डका निम्न मध्यम कृषकहरुलाई लक्षित गरि सन् १९९३ मा ‘भेटिभर घाँस आयोजना’ शुरु गरियो । राजा भूमिबल कै सोच , दृस्टीमा जलाधार क्षेत्रलाइ समृद्ध बनाउन र माटोको भू क्षय रोक्ने प्रयास भेटिभर घाँसबाट थालियो । उनी सरल कृषि प्रविधिहरू प्रयोग गर्न चाहन्थे, भेटिभर घाँस पानी र नदी किनारको स्थिरता संरक्षणमा उत्कृस्ट देखियो ।

भेटिभर घाँस सजिलैसँग फैलिन्छ, कम हेरचाह चाहिन्छ, यसको जरामा ओसिलो अवशोषित गर्दछ, माटोमा नाइट्रोजन राख्छ र विषाक्त पदार्थ र रसायनहरू फिल्टर गर्ने क्षमता हुन्छ जुन अन्यथा नदीहरूमा छोडिन्छ भन्ने अभ्यास हाल सम्म गरिदै आएको छ (पुतियानन सोमपोर्न, इट अल , २००६ ) ।

थाइल्यान्ड कै सन्दर्भमा त्यहाँका राजाको भेटिभर पद्धतिमा संलग्नता, यसको उपादेयता, यो घाँसको महत्त्वपूर्ण पाटो यहाँ उल्लेखित उनकै हरफहरू अध्ययन गर्दा थाहा हुन्छ । यी हरफहरू २४ जुलाई, १९९७ मा कासेटसार्ट विश्वविद्यालयको स्नातक अभ्यासको क्रममा दिइएको हो ।

“…हामीले सफल नतिजा दिनको लागि राम्रो कुराहरू प्राविधिक रूपमा सही र उपयुक्त परिस्थितिहरूमा लागू गर्नुपर्छ । उदाहरणका लागि, भेटिभर, भूआकृतिसंग(धरातलीय- भूभाग) मिल्दो किसिमले घना पङ्क्तिहरूमा रोप्नु पर्छ ।

उदाहरणका लागि, भिरालो जमिनमा कन्टुर पानीको बहाव मिलाएर लगाउनु पर्छ । समतल जग्गाको लागि, भेटिभर खेत/ बारीको सिमानामा वा बालीको पङ्क्तिहरू बिचको भागमा रोप्नु पर्छ । जल ग्रहण क्षेत्रको वरिपरि पानीको स्रोत भन्दा माथि पङ्क्तिमा रोप्नु पर्छ । यस्तो तरिकाले भेटिभर घाँस लगाउँदा सतही माटोको भू – क्षय रोक्न, माटोको चिस्यान कायम राख्न र पानीको स्रोत जोगाउन मद्दत गर्दछ । यी गुणहरूले अन्ततः माटो र पानी संरक्षण, माटो र वनको पुनर्जीवनका विषयमा योगदान पुग्दछ…”

प्रयोगहरु :-
भेटिभर इको इन्जिनियरिंग टेक्नोलोजी / भेटिभर पद्धतिको प्रयोग / उपयोगहरू :-

भेटिभर घाँसका प्रयोगहरू ( वातावरण मैत्री, सस्तो र दिगो ):- माटो, पानी संरक्षणको लागि र कार्बन उत्सर्जनको लागि भेटिभर घाँस सहित भेटिभर प्रणाली कुन कुन क्षेत्रमा प्रयोग गरिन्छ को विस्तृत ब्याक्या निम्नानुसार छन् ।

भिरालो स्थिर करण (Slope Stabilization ) र संरक्षण : –

फार्म जाने सडकहरू , ग्रामीण सडकहरू, राजमार्गका सडक, रेल मार्ग, पुलहरू , खोला- खोल्सी कटान नियन्त्रण, बाँधहरू र तट बन्धहरू, सिँचाइका नहरहरू , कुलोहरू बिजुलीका पोलहरू , नालीहरू, ठुला टनेलहरू र पानीका स्रोतहरूको संरक्षण साथै निर्माण साइटहरू

नष्ट भैसकेको जमिनको पुनर्जीवन र फोहोर / दूषित पानी उपचार:-

  • भेटिभर पद्धति सहितको बायो इन्जिनियरिङ र Phytoremediation साथै Bioremediation
  • ल्यान्ड फिल्ड साइटको लिचेट ( विषादी फोहोरको झोलको ) उपचार
  • घरेलु र औद्योगिक क्षेत्रबाट उत्पादित फोहोरको उपचार
  • मुहान र पोखरी संरक्षण-दूषित पानी उपचार
  • माटोमा रहेका विषाक्त कृषि रसायनहरूलाई सफा र हटाउने
  • खानी जन्य दूषित पदार्थहरू, खानीबाट निस्कने विषाक्त रसायन र भारी धातुहरूको उपचार

विपद् न्यूनीकरण (Disaster Mitigation):-

  • पहिरो नियन्त्रण, रोकथाम र पुनर्जीवन(Landslide Rehab & Prevention)
  • भूमि पुनर्स्थापना- Land Rehabilitation ( बगर आदि खेती योग्य जमिनमा परिणत)
  • भू तथा जलाधार क्षेत्र संरक्षण(Watershed Protection)
  • ठुला सिँचाइका नहरहरू र कोसी , नारायणी र गण्डकी जस्ता नदिहरुको कटान नियन्त्रण(Riverbank Stabilization)
  • गल्ली र गल्छी आदि नियन्त्रण

कृषि क्षेत्रमा ( Agriculture)मा :-

  • खेत, बारी भित्रको सतही माटोको बहाव र कटान नियन्त्रण: –
  • कृषि, बन क्षेत्रमा पानीको संरक्षण (माटो र आर्द्रता संरक्षण)
  • बालीनालीमा मल्चिंग ( माटो छोप्ने- माटोको तापक्रम र सिँचाइको पानीको मात्रा घटाउँछ )
  • चारा, दाना स्रोत र घाँसपात
  • बाली नालीमा लाग्ने किराहरूको नियन्त्रण र बालीनाली जोगाउन किराहरू आकर्षित बालीमा प्रयोग
  • माटोको उर्वरतामा वृद्धि र विकाश
  • बागवानी / पार्क, बगैँचा निमार्ण(ल्याण्डस्केपिङ)

अन्य प्रयोगहरू :-

  • कार्बन उत्सर्जन (Carbon sequestration)
  • हस्त शिल्पमा ब्याग, खेलौना र सजावटका सामानहरू (Handicrafts)
  • छाना (Thatch),घेरा – बार बेर
  • भेटिभर तेल र अत्तर उत्पादन(Vetiver oil production)
  • औषधीय उपयोग (Medicinal/Aromatherapy)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top