बायो इन्जिनियरिङ संस्थाले दिगो रूपले बन तथा वातावरण जोगाउने, माटो र पानी जोगाउने जसमा विभिन्न स्थानीय प्रविधि, सिप, तालिम जीविकोपार्जनलाई सहज, सर्व सुलभ बनाउने दृष्टि राख्दछ । भेटिभर घाँस र अन्य स्थानीय जातजातिका बोट बिरुवाहरूको प्रयोग देखि भौतिक संरचना कहाँ , कहाँ कसरी , कसरी न्यूनतम खर्चमा बनाउन सकिन्छ जुन वातावरण मैत्री र दिगो रूपले मानवीय जीवन सहज , सरल बनाउन सकिन्छ भन्ने सोच राख्दछ । नेपालको माटो र पानी जोगाउँदै विभिन्न प्रकोपहरूबाट मानवीय र भौतिक क्षति कम गर्ने दृष्टि राख्दछ जहाँ मानवीय जीवनका अभ्यास, दैनिकी सरल र सहज होस् भन्ने चाहन्छ ।