बायो इन्जिनियरिङ व्यवस्थापन तथा अनुसन्धान केन्द्र ( बिएमआरसी ), नेपाल
Bioengineering Management and Research Centre (BMRC)
उद्देश्यहरू :-
१. बायो इन्जिनियरिङ(वनस्पति प्रयोग) प्रविधिहरू (समग्र दृष्टिकोण- Holistic Approach ) प्रयोग गरी: वातावरणीय समस्याहरूलाई सम्बोधन गर्न सामग्रीहरू , औजार, विधि, प्रविधि र डिजाइनमा रूपान्तरण गर्ने उद्देश्य राख्दछ!
– भू क्षय रोकथाम, नियन्त्रण र संरक्षण सम्बन्धी सबै प्रकारका कामहरू गर्ने!
– भिरालो स्थिर करण (सडकको लागी काटिएका र पुरिएका ठाउँ आदि); पहिरो र बाढी रोकथाम र नियन्त्रण गर्ने!
– ग्रामीण सडक , राजमार्ग , खोला , खोल्सी कटान नियन्त्रण , बाँध , तट बन्ध र सिँचाइ नहरहरू , नालीहरू र टनेलहरू साथै पानीका स्रोतहरूको संरक्षण साथै निर्माण क्षेत्रहरूमा कार्य गर्ने !
– नदी किनारा रोकथाम र नियन्त्रण क्षेत्रमा कार्य गर्ने!
२.भेटिभर प्रविधिको प्रयोग र कम लागतको इन्जिनियरिङ को माध्यमबाट निम्नानुसार कार्यहरू गर्ने:-
– सतही माटोको बहाव र कटान नियन्त्रण, गेग्र्यान बहाव नियन्त्रण, कृषि –बन क्षेत्रमा पानीको संरक्षण, माटोको उर्वरता वृद्धि र विकास, बागवानी / पार्क र ल्यान्ड स्केपिंग निर्माण गर्ने!
– नष्ट भैसकेको जमिनलाई पुनर्जीवन दिने!
– भेटिभर प्रविधि सहित अन्य प्रविधिहरू बायो रिमेडीयसन र फाईटो रिमेडीयसनको प्रयोग गर्दै फोहोर दूषित पानी उपचार, Leachate (फोहोर बाट निस्किएको झोल पदार्थ) उपचार , घरेलु र औद्योगिक क्षेत्रबाट उत्पादित भारी धातु झोल पदार्थको उपचार , मुहान , पोखरी तथा दूषित पानी उपचार र माटोमा रहेका विषाक्त कृषि रसायन हटाउने कार्य आदि गर्ने ! जलवायु प्रेरित बाली नाली हानि विरुद्ध भेटिभर प्रविधि र अन्य प्रविधिहरू प्रयोग गर्ने !
– दिगो र पुनरुत्थानशील कृषिको लागि भेटिभर घाँस प्रविधिका साथै अन्य प्रविधिहरू प्रयोग र फैलाउने कार्य गर्ने !
३. विपद् न्यूनीकरणको क्षेत्रमा: भू तथा जलाधार संरक्षण, ताल , तलैया र चुरेको संरक्षणमा बायो इन्जिनियरिङको कार्य गर्ने !
४ .जलवायु परिवर्तनले सङ्कटको अवस्थामा कार्बन उत्सर्जनको क्षेत्रमा कार्य गर्ने ! जलवायु परिवर्तन चुनौती सामना गर्ने सबैभन्दा छिटो तरिकामा कार्य गर्ने ! घाँस , झाडी र रुख बिरुवाहरू बारे नेपाली माटोमा अध्ययन र अनुसन्धान गर्दै Tensile Strength बढी भएको, गहिरो जरा जाने , Soil Bearing क्षमता बढी हुने, Anchoring गर्न सक्ने , पानी रि-चार्ज गर्न सक्ने , माटोमा पानीको संरक्षण गर्ने , फैलिएर जाने वा ठाडो तलतिर गहिरो जरा जाने घाँस , झाडी र रुख वर्गका बिरुवाहरूको उत्पादनमा नर्सरी स्थापना गर्ने, तालिम दिने र मुलुकमा रहेका विभिन्न नर्सरीहरू सँग समन्वय , सम्बन्ध र सहकार्य गरी मुलुकको माटो र पानीको संरक्षण गर्ने ! पानीको गुणस्तर र मानव स्वास्थ्य सुधार गर्न प्रदूषित फोहोर पानीको उपचारमा सहयोग गर्ने !
५ .बायो इन्जिनियरिङ सम्बन्धी मुलुक र मुलुक बाहिर रहेका सरकारी , गैह्र सरकारी संस्थाहरू सँग सहकार्य , समन्वय गर्दै तालिम , गोष्ठी , सेमिनार आदि सञ्चालन गरी सरल प्रविधि आदि बारे जनचेतना उकास्ने !
६ . यस क्षेत्र भित्र रहेर आय आर्जन र रोजगारी सिर्जना गर्ने !
७ .अध्ययन र अनुसन्धानका क्षेत्रमा मुलुकको विभिन्न भौगोलिक क्षेत्रमा र कार्य क्षेत्रमा रहेको माटोको संरचना , प्रवृत्ति र प्रकृति , चट्टान आदिमा हुर्काउन सकिने जैविक फौना , फ्लोरा र बिरुवाहरूको अध्ययन , भू- बनोटको / भौगोलिक अध्ययन, Infiltration, Percolation र Runoff Factor हरूको अध्ययन र अनुसन्धान गर्दै ठाउँ, परिधिमा रैथाने घाँस , बोट बिरुवाहरूको प्रयोग गर्दै दीर्घकालीन रूपमा माटो र पानी संरक्षणमा कार्य गर्ने / प्रयोग गर्ने !
८ .सैद्धान्तिक , व्यवहारिक र प्राविधिक यस क्षेत्रको ज्ञान सातै प्रदेश , फैलाउने र जीवन र जगत् बचाउन कार्य गर्ने ! सरल, सस्तो प्रविधि , वातावरण मैत्री, समुदायमा व्यावहारिक मानिसहरू द्वारा गर्न सकिने गरिएको विषयको अभ्यास गर्दै इनोभेसन क्षेत्रमा कार्य गर्ने !
९.यस कम्पनीले प्राथमिक रूपले माटो र पानी संरक्षण वकालत गर्दै प्रकृति आधारित समाधान कृषिमा दिगो व्यवस्थापन र भूमि संरक्षण,पानी, र जैविक विविधता ध्यान राखी आफ्ना नीति , योजना र कार्यक्रमहरू कार्यान्वयन गर्ने छ ! जुन, दिगो विकासका लक्षका सूचकाङ्क मुताबिक सञ्चालन हुनेछन् !
१०.वातावरण र परिदृश्यको इकोसिस्टमका कार्यहरू सुधार गर्दै कृषि का अभ्यासहरू र
भूमि क्षरणबाट प्रभावित, जीविकोपार्जन र अन्य सामाजिक र सांस्कृतिक वृद्धि हुने कार्यहरू गर्ने !