भेटिभर घाँस के हो ?
- भेटिभर एक C4 बहु वर्षीय घाँस हो!
- मेसोफिल (C4) र सिथ कोषहरूको झुप्पो भएको वनस्पतिको प्रजाति हो।
- भेटिभर/खस, खस/: वनस्पतिको नाम : Chrysopogon zizanioides / Vetiveria zizanioides , L. Nash
- Poaceae/ Gramineae घाँस वर्ग- धान , काँस आदि
- बहुबर्षे, बाँझो, घना र गुच्छादार जराहरू रहेको पानी संरक्षण गर्ने र रिचार्ज गर्ने घाँस हो !
- झारको रूपमा जस्तो नफैलने अदिप्तिय र अद्भुत जरा वरपरको क्षेत्रमा फाइदा जनक सूक्ष्म जीवहरूको प्रक्रियाहरूलाई चलायमान साथै उत्तेजित गराउँछ।
- भारी धातुहरू जस्तै लिचेटमा हुने:आर्सेनिक, क्याडमियम, तामा, क्रोमियम, सिसा, पारा, निकल, सेले नियम र जिङ्क आदि सँग सहनशील हुन्छ!यो प्रतिकूल जलवायु परिस्थितिहरूमा पनि सहनशील हुन्छ जस्तै:चिसो, डुबान, बाढी, खडेरी र गर्मी र खोला किनारका छालहरूसँग पनि! अर्को विषय यसको सहनशीलतामा माटोको अम्लीयपन, क्षारीय र नुनिलोपन सहज ग्रहण गर्दछ!
Original Article